सुरु भयो धर्मकर्मको महिना (फोटो कथा)
पाेखरा | साउन १, २०८०
पोखरा: हिन्दू धर्मशास्त्र अनुसार साउनलाई धर्मकर्मको महिना मानिन्छ । जुन शिवजीको महिना भनेर मानिने साउन महिना आजदेखि सुरु भएको छ ।
साउनको सूरु दिनमै सोमबार परेकाले आजको दिनलाई विशेष पुजाआरधना गरी मनाइदैछ । र यो महिनाभर शिवको पूजा गर्ने र ब्रत बस्ने गरिन्छ । यो समयमा शिवजीको पुजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास रहदै आएको छ ।

त्यसैले यो महिनाको सोमबार ब्रत बसेको खण्डमा परिवारमा सुख शान्ति छाउने विश्वास पनि रहिआएको छ ।
पार्वतीले साउन महिनाभरी निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती रहेको हुनाले महिलाहरूले यस महिना र सोमबारलाई बढी महत्व दिन्छन् ।
साउन सुरु भएसँगै पोखरा महानगरपालिका १ बगरस्थित गाईघाटको माहोललाई सुनगाभा न्यूजको लेन्सबाट कैद गरेका छौं ।
तस्बिरहरु:














भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

